बालकृष्णले आफूलाई निर्दोष साबित गर्नेछन्, आरजुको अडियो नक्कली हो : कांग्रेस प्रवक्ता

बालकृष्णले आफूलाई निर्दोष साबित गर्नेछन्, आरजुको अडियो नक्कली हो : कांग्रेस प्रवक्ता

काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताएका हुन् । उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताए ।

पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने दाबी गरेकाे भन्दै उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि डा. महतले बताए ।

अर्थमन्त्री समेत रहेका महतले भने,  ‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडी बढोस् । यसमा पार्टीको पुरा सहयोग हुन्छ । निष्पक्ष हुनुप¥यो यो अनुसन्धान । स्वतन्त्र हुनुपर्यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । र दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पुरापुरा सहयोग हामी गर्छौं । र उहाँले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ । त्यसो हुनाले यो विषयमा हामीले निर्णयमा नपुगेको अवस्था हो । र रायमाझीको केस फरक छ । त्यसमा एउटैमा जोड्ने अवस्था पनि म देख्दिनँ । तर अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यो अनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ । हामीले भन्दै आएका छौँ स्वतन्त्र, निष्पक्ष अनुसन्धान होस् ।’

उनले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको पनि बताए । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनले अनुराेध समेत गरे ।

‘सामाजिक सञ्जालको ट्रायल भइरहेको छ । डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनुभएको छ । आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो,’ उनले भने, ‘यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ । भनेपछि पहिला नै न उहाँ आरोपी हो । न त्यसको कुनै प्रमाणिकता छ । यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषि हो भनेजस्तो गर्नु भएन नि । यसप्रति पनि हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *