बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने, अदालतको आदेश पर्खने

बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने, अदालतको आदेश पर्खने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने भएको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले प्रहरीलाई अनुसन्धानमा सघाएको र पक्राउ पर्नुको कारणबारे पूर्ण रुपमा पुष्टि नभएकाले तत्काल पार्टीबाट निलम्बन नगर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

खाँण यस प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीजसरी फरार नभएको र प्रहरीलाई अनुसन्धानमा सघाएको उनको भनाइ थियो । खाँणले प्रहरीलाई अनुसन्धानमा सघाइरहेको र अदालतको आदेशपछि मात्र निर्णय लिइने पनि उनले बताए । खाँण बुधबार आफ्नै निवासबाट पक्राउ परेका थिए । पक्राउ

परियारले खाँणलाई तत्काल कारवाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको पनि बताएका छन् । साथै, बाहिर निलम्बन गर्नुपर्ने आएका समाचारप्रति उनले खण्डन गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *