लेखनाथ । ५९ औं अन्तर्राष्ट्रिय बाल दिवस अवसरमा तीज गीत प्रतियोगिता भएको छ ।
‘भड्किलो होइन, सांस्कृतिक पहिचानरुपमा मनाऔं’ भन्ने उद्देश्यका साथ ब्रह्मरुपमा मावि पोखरा ३२, राजाको चौतारा तीज गीत प्रतियोगिता गरेको थियो । जसमा प्रथम आधारभूत तहअन्तर्गत कक्षा ७ क रोनिक्षा अधिकारीको समूह भयो । द्वितीय र तृतीय क्रमश: कक्षा ५ ममता पौडेलको समूह र कक्षा ८ क आकृती पौडेलको समूह भयो ।
मावि तहमा कक्षा १० ‘क’ कि निजश्वी बसौलाको समूह प्रथम, कक्षा १० ‘ख’ लक्ष्मी सुनारको समूह दोस्रो र कक्षा ९ ‘ग’ अर्चना खनालको समूह तेस्रो भयो । जसमा १४ समूहले भाग लिएका थिए ।
विद्यालयका शिक्षक लक्ष्मी तिवारीको संयोजनमा संगीता कँडेल र इन्दिरा तिवारी निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक शंकरप्रसाद मर्सैनी उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा सहायक प्रधानाध्यापक मधुसुधन सापकोटा, शिक्षक भगवती पण्डित, शिक्षिका विष्णु तिवारीले गरेकी थिइन् ।