बिगत देखी खुल्ला दिशामुक्त कार्यक्रम संचालन भएपनि खुल्ला दिशामुक्त चुनौतीपूर्ण – गोपाल बहादुर थापा

कपिलवस्तु , कार्तिक ३१
जिल्लाको विजयनगर गाउँपालिकामा खानेपानी सरसफाई सम्बन्धी वृहत भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा नं ७ को आयोजना र इलाका प्रहरी कार्यालय गणेशपुरको समन्वयमा “मेरो वडा मेरो काम सरसफाई गर्ने मेरो पहिलो अभियान” भन्ने मुल नाराका साथ लौटन राम द्रौपदीदेवि मावि गणेशपुरमाकार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विगतदेखि खुला दिसामुक्त घोषणाका कार्यक्रमहरु संचालन हुँदै आएपनि पुरानो संस्कारले गर्दा अझै अवस्था परिवर्तन हुन नसकेको र सरसफाइले स्वास्थय प्रतिको महत्त्वबारे अझै जनचेतना अभाव, आवश्यक पुर्वाधारहरुको कमी लगायत कारणले खुला दिशामुक्त गर्ने कार्य चुनौतीपूर्ण बनेको बताउनु भएको छ । वातावरण स्वच्छ राख्न सवैको महत्वपूर्ण जिम्मेवारी हुनुको साथै समाजमा जनचेतनाको समेत खाँचो रहेको थापाको भनाई रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मानिसको स्वास्थ्य र दैनिक जीवनयापनसंग सरसफाइ को प्रत्यक्ष सम्बन्ध रही आएको बताउनु भयो । सरसफाइ सुविधाको समुचित विकास तथा विस्तारबाट आम मानिसको स्वास्थ्यमा सकारात्मक प्रभावहुने हुँदा वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार गर्नसकिने वहाको भनाई थियो ।

आगामी दिनमा खुला दिसामुक्त घोषणा कार्यक्रमको दिगोपना कायम गर्ने , सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहार विकास, घरायसी तथा संस्थागत तहमा सरसफाइ र स्वच्छताका लागी आवस्यक सामग्री हरुको समुचित प्रयोग, सुरक्षित खानेपानीको सेवा सुनिश्चिता, घरायसी तथा संस्थागत तहमा पानी शुद्धिकरणको प्रवद्र्धर्ने, पोखरी तथा साना जलाशय र खोला खोल्साहरुको संरक्षण गरी स्वच्छता तथा सुन्दरता कायम राख्ने योजना समेत रहेको चौधरीको भनाई रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top