बिजयनगरमा बेरोजगार व्यक्तिहरूका लागि रोजगार दाता दर्ता शिविर सञ्चालन

बिजयनगरमा बेरोजगार व्यक्तिहरूका लागि रोजगार दाता दर्ता शिविर सञ्चालन


कपिलवस्तु फाल्गुन ४ – विजयनगर गाउँपालिकामा बेरोजगार व्यक्तिहरूका लागि रोजगार दाता दर्ता शिविर सञ्चालन गरिएको छ। रोजगार सेवा केन्द्र, विजयनगर गाउँपालिका, कपिलवस्तुको आयोजनामा सुरु गरिएको यो शिविर २०८१  फागुन १  गतेदेखि माघ २९  गतेसम्म सञ्चालन हुनेछ।
शिविरको उद्देश्य रोजगारी खोजिरहेका व्यक्तिहरूलाई अवसर उपलब्ध गराउनुका साथै रोजगार दातासँग सम्पर्क गराएर रोजगारीको सम्भावना बढाउनु रहेको छ। यस कार्यक्रममार्फत रोजगारीको न्यूनतम अवसर सुनिश्चित गर्ने, श्रमिकको सम्मानलाई प्रवर्द्धन गर्ने र नागरिक अधिकारलाई स्थापित गर्ने लक्ष्य राखिएको छ।
शिविर विजयनगर गाउँपालिका–३ जगदीशपुरमा,  आयोजना भइरहेको छ। रोजगार खोजिरहेका व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराएर २०८२/८३ को लागि  रोजगारदाता संस्थाहरूले आवश्यक जनशक्ति छनोट गर्न सक्नेछन्।
यस शिविरले स्थानीय तहमा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजकहरूले इच्छुक बेरोजगार व्यक्तिहरूलाई समयमै उपस्थित भई आफ्नो विवरण दर्ता गर्न रोजगार संयोजक श्याम पुनले आग्रह गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *