बुटहनियामा नीलगाई,बदेल, बाख्रा र एक महिला मृत्य फेला, बाघले खाएको आशंका , स्थानीय त्रासित ।


कपिलवस्तु ,११ मंसिर ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६ बुटहनिया गाउँमा बाघ आएको आशंकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। एक हप्ता भित्रै फरक-फरक दिनमा एक नीलगाई,एक बदेल  एक बाख्रा र एक महिलाको मृत्यु भएपछि गाउँमा भयको वातावरण छ। स्थानीयका अनुसार मृतकका शरीरका विभिन्न भागको मासु खाएको देखिनु र घटनास्थलमा बाघका पञ्जाका छाप फेला पर्नुका कारण घटनामा बाघकै संलग्नता भएको आशंका गरिएको छ।
बुटहनिया  गाउँको   उखुबारीमा लगभग ५५ वार्षिय महिलाको  शव फेला परेको  थिए। ५५ वर्षीया महिलाको केही दिनअघि हराएको खबर आएपछि खोजी गर्दा उखुबारीमा उनको हाडहरु र उनले लगाएकी कपडा मात्र फेला परेका थियो भने बदेल घाइते  भइ मरेको अवस्थामा फेला परेको थियो  । त्यसपछी , गाउँका २ बाख्रा गायब भएको र अहिले कौडिडिहवाको बगैचाना नीलगाई  पनि आधा शरीर खाइएको  अवस्थामा शव फेला परेको छ ।
स्थानीय बासिन्दा अहिले अत्यधिक त्रासमा छन्। बालबालिकालाई बाहिर खेतबारीमा  जानसमेत दिँदैनौं,” एक स्थानीयले बताए। घटनाबारे जानकारी पाएपछि वन विभाग र प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ। “हामी बाघको खोजीमा छौं। सुरक्षाका लागि तत्कालै उपायहरू अपनाइनेछ,” वन अधिकारीले बताए। गाउँलेले वन्यजन्तुको आक्रमण रोक्न र सुरक्षित महसुस गर्न सरोकारवालासँग तत्काल कदम चाल्न माग गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top