बुनुको प्रेमिल बाटो

बुनुको प्रेमिल बाटो

गायिका बुनु श्रेष्ठको स्वरमा तिमीसँग हिँडेको बाटो बोलको प्रेमिल गीत हालै सार्वजनिक भएको छ।

स्टुडियो साउन्ड मिल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संकेत अगस्तीको रहेको छ। रतल बिकेको बासुरीवादन रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् भने फुर्वा पाख्रिन तामाङले रेकर्डिङ र महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।

निशान एसकेले निर्देशन गरेको गीतको भिडियोमा गायिका बुनु आफंै फिचर्ड छिन्। भिडियोमा दिनेश पराजुलीको छायांकन तथा निराजन केसीको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *