बुवाको हात बाधेर पोखरीमा डुबाई हत्या गर्ने छोरा कारागार चलान

बुवाको हात बाधेर पोखरीमा डुबाई हत्या गर्ने छोरा कारागार चलान

एस एम न्युज , भादौ २
कपिलवस्तु जिल्लाको कृष्णनगर १ बस्ने बर्ष ३३ का मुकेश कोरी जिल्ला अदालत कपिलवस्तुको आदेशले पुर्पक्षका लागी कारागार चलान भएका छन् ।

गत असार २४ गते साझ देखि हराएका ५५ बर्सिय राम फेरे कोरी कृष्णनगर नगरपालिका १ बढैया स्थित घर नजिकै को पानी तलाउमा मिति असार २६ गते बिहान ०६:०० बजेको समयमा मृत फेला परेका थिए । पोखरीको बिचमा घोप्टो अबस्थामा मृत फेला परेका राम फेरे कोरीको दुबै हात पहेंलो गम्छाले बाधेको अबस्थामा प्रहरीले फेला पारेपछि शंकास्पद मृत्यु देखेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।

घटनाको ०७ दिन पछि श्रावण ०३ गते हत्याको आशंकामा मृतकका झड्केला छोरा ३३ बर्षिय मुकेश कोरीलाई प्रहरीले नियन्त्रणमालिई अनुसन्धान गरेको थियो । अनुसन्धानको २५ औं दिनमा जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दर्ता भएको छ ।

दिनहुँ जसो मदिरा सेवन गर्ने, घरायसी विवादमा झगडा परिरहने हुँदा मृतक र अभियुक्त बिच मनमुटाव भैरहने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *