बैंकमा पैसा थुप्रियो, कर्जा माग्ने घटे

बैंकमा पैसा थुप्रियो, कर्जा माग्ने घटे

  • सुश्मिता वानिया

काठमाडौं । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र गत वर्ष ब्याजदरमा वृद्धि भएपछि झनै समस्याग्रस्त बन्यो । गत वर्षको चैत महिनामा ४ खर्ब बढीको कर्जा माग हुँदा बैंकहरुले उपलब्ध गराउन सकेका थिएनन् । तर, चालू वर्षको चैतसम्म राष्ट्र« बैंकसँग २ खर्बभन्दा बढी निक्षेप हुँदा पनि कर्जाको माग हुन सकेको छैन । आखिर, किन भएन त कर्जा माग ?

अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने विषयमा चौतर्फी बहस भइरहेका बेला बजारमा कर्जाको माग ठप्प भएको बैंकहरुको भनाई छ । तर व्यवसायीहरुले कर्जा नपाएको गुनासो गर्न छोडेका छैनन् । चैत महिनासम्म राष्ट्र« बैंकसँग कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब २३ अर्ब रुपैयाँ छ । सरकारले पूँजीगत खर्चको तुलनामा १ खर्ब २३ अर्ब बढि ऋण तिरिसकेको छ । यसले, बैंकहरुमा पैसाको अभाव नभएको पृष्टि हुन्छ । यद्यपी कर्जा माग नहुनुमा बैंकको व्याजदर कारण रहेको जानकारहरुको भनाइ छ ।

गत वर्ष राष्ट्र बैंकले ब्याजदर वृद्धिको नीति लिएपछि व्यवसाय बन्द हुनेदेखि राजश्व संकलनमा कमी तथा बैंकहरुमा ऋण नै नउठ्ने स्थ्तिि बन्यो । विगतमा चाहिने भन्दा बढी कर्जा प्रवाह भएकाले पनि अहिले कमि आएको अर्थविद्को भनाई छ । तरलता अभाव, महँगो ब्याजदर र राष्ट्र बैंकको कडाइले गर्दा रोकिएको कर्जा लगानी अझै पूर्ववत् अवस्थामा आउन नसकेको हो ।

कर्जा मागमा वृद्धि ल्याउन सरकारले पूँजीगत खर्चमा वृद्धि गर्नुपर्ने अर्थविद्हरुको सुझाव छ । पुजिगत खर्च वृद्धि भए नीजि क्षेत्रलाई समयमै काम सकाउन दबाब हुने र निर्माण कार्यका लागि कर्जाको माग हुने अर्थविद्हरुले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *