बैठकमै झोँक्किए केपी ओली– ‘सरकारको नीति कस्तो फाल्तु कार्यक्रम हो !’ (भिडियो)

बैठकमै झोँक्किए केपी ओली– ‘सरकारको नीति कस्तो फाल्तु कार्यक्रम हो !’ (भिडियो)

काठमाडौँ । आगामी आर्थिक वर्षकालागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममाथि आइतबारदेखि बहस तथा छलफल शुरु हुँदैछ । छलफलमा पहिलो वक्ता रहने छन्, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उनले आइतबार संसदमा के भन्ने तयारी गरेका छन् ? यो नीति तथा कार्यक्रमलाई पारित हुन नदिन केपीले के-कस्ता रणनीति बुनेका छन् त ? अनि शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा नीतिबारे के भने त ओलीले ?

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा एमालेका अध्यक्ष एवंम एमाले संसदीय दलका नेता केपी ओली पहिलो वक्ता हुनेछन् । त्यसैले पनि नीति तथा कार्यक्रमबारे ओलीको धारणा के छ ? अनि संसदमा के–के विषयको फेहरिस्त सुनाउने हुन् केपीले यसबारे चासो बढेको छ । संसदमा भाषणको अघिल्लो दिननै नीति तथा कार्यक्रम पारित हुन नदिने निर्णय गराइसकेका उनले सरकारको आलोचना त गर्ने नै छन् । तर, कुन हदसम्मको आलोचना गर्लान् यो उत्सुकताको विषय हो ।

केपी ओलीको नजरमा नीति तथा कार्यक्रम
– ‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसावले निर्देशित गर्न सक्दैन ।
– यो नीति तथा कार्यक्रम फाल्तु कार्यक्रम हो ।
– यो नीति तथा कार्यक्रमले कार्यक्रमिक हिसावले निर्देशित गर्न सक्दैन । यसले कुनै लक्ष्य तोकेन । कुनै बाटो नै देखाएको छैन ।
– ओली भन्छन्– डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाए जस्तो छ नीति तथा कार्यक्रम ।
– पुरानबाट तानतुन गरिएका छन ।
– स्विकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ ।

ओलीको बुझाइलाई समेट्ने हो भने मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छैन । यतिमात्रै होइन महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत उनको छ । ओलीका यि भनाईलाई आधार मान्ने हो भने उनले आइतबार संसदमा सरकारको चर्को आलोचना गर्ने नै छन् । साथै उनले केही दिन पहिले जेठ ५ गते नक्कली शरणार्थी प्रकरणबारे आफुले संसदमै खुलासा गर्ने समेत बताएका थिए । तर, ५ गते विरामी भएको कारण देखाई उनी संसदमा अनुपस्थित भए । अब आईतबार संसदमा उपस्थित हुँदै गर्दा ओलीले यसबारेमा समेत के खुलासा गर्लान् त ? यसमा पनि सबैको ध्यान छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *