बैतडीमा देउडा प्रतियोगिताको लहर

बैतडीमा देउडा प्रतियोगिताको लहर

बैतडी।

गौरा पर्वको अवसरमा समाजमा रहेका विकृति, विसंगति र कुप्रथा हटाउन सहयोग पुगोस् भन्ने उद्येश्यले बैतडीका विभिन्न स्थानमा सचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिने भएको छ।

आगामी २६ देखि २८ गतेसम्म जिल्लाको पाटन नगरपालिका प्रतियोगिता गरिने लागेको हो। प्रतियोगिता खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा प्रथम हुनेलाई १०, द्वितीयलाई सात, तृतीयलाई पाँच र सान्त्वनालाई दुई हजार नगदसहित प्रमाण प्रदान गरिने आयोजकले जनाएका छन्।

यस्तै, नेपाल निजामती कर्मचारी संगठन दोगडाकेदार गाउँकार्यसमितिको आयोजनामा यही भोलि शुक्रबार सनातन धर्म माध्यमिक विद्यालय श्रीकोटको प्रांगणमा देउडा कार्यक्रम आयोजना गरिने भएको छ। प्रतियोगितामा प्रथम हुनेलाई १०, द्वितीयलाई सात र तृतीयलाई चार हजार रुपियाँपुरस्कार प्रदान गरिने जनाएको छ।

यस्तै, मेलौलीमा भदौ ३० गते विपद् जोखिम न्यूनीकरण सम्बन्धि देउडा प्रतियोगिता हुने भएको छ। रेडक्रस सोसाइटी, मेलौली नगरपालिका, वडा कार्यालयहरू, सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको समन्वय र सहकार्यमा प्रतियोगिता आयोजना गरिन लागेका हो।

यसैबीच, जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ कुलाउँमा द्वारिकादेवी चन्द ठकुरानी प्रतिष्ठान शाखाको आयोजनामा देउडा प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पञ्चेश्वर ३ कै स्थानीय बलवीर सिंह जोशी प्रथम, मेलौली नगरपालिकाका श्याम बाग द्वितीय, पञ्चेश्वर ३ का प्रेमसिंह साउद तृतीय र पञ्चेश्वर ४ की जैमती चन्द सान्त्वना भएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *