भष्मे डनको मर्मस्पर्शी गीत सार्वजनिक

भष्मे डनको मर्मस्पर्शी गीत सार्वजनिक

आगामी शनिबारबाट रिलीजमा आउने फिल्म पशुपति प्रसाद २ स् भष्मे डनको तेस्रो गीत सार्वजनिक गरिएको छ। मेरो शिव बोलको गीतमा फिल्मका सबै मुख्य कलाकारलाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ। सार्वजनिक मर्मस्पर्शी गीतमा किरण भुसालको संगीत, कृष्ण उदासीको शब्द रचना तथा शान्तिम कोइराला र र्यापर युनिक पोइटको स्वर रहेको छ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्मित बहुप्रतिक्षित फिल्म पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको छ। आक्रमक रूपमा अग्रिम टिकट बुकिङ भइरहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी लगायतले अभिनय गरेका छन्।

टुकी आर्ट्सको ब्यानरमा अभिनेता खगेन्द्र लामिछानेद्वारा लिखित तथा निर्मित फिल्ममा कृष्ण भारद्वाजको संगीत, निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल पशुपति प्रसादको चरित्र भष्मे डनमा केन्द्रित सिक्वेलको रूपमा निर्मित फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको लेखक लामिछानेले दाबी गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *