भष्मे डनबाट मख्खै

भष्मे डनबाट मख्खै

साढे सात वर्षअघि रिलिज भएको सुपरहिट सामाजिक फिल्म पशुपति प्रसादको सिक्वेलका रूपमा त्यसैको लोकप्रिय पात्र भष्मे डनलाई लिएर निर्माण गरिएको फिल्म पशुपति प्रसाद २ ः भष्मे डन लाई लिएर यसका कलाकार तथा लेखक निर्देशक मख्ख परेका छन्।

फिल्मबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसका कलाकार तथा लेखक निर्देशकले फिल्म रिलिजअघि नै बिक्री भएकाले यसलाई लिएर उत्साहस“गै केही डर रहेको बताए। फिल्मका प्रमुख अभिनेता विपिन कार्कीले पशुपति प्रसादमा भष्मे डनको अभिनय गरिरहन रहर लाग्दा लाग्दै सकिएको र पशुपति प्रसाद २ ः भष्मे डनमा भने ५६ दिनसम्म भष्मे डनको भूमिका निर्वाह गर्दा आनन्द महसुस भएको बताए। ‘त्यो बेला भष्मे डन मजा आउ“दा आउ“दै सकियो। म आफंै पनि भष्मे डनको भूमिका बेला–बेला सम्झिेर हासि“रहेको हुन्थे। एक चोटी त म फिल्मको भाषण गर्ने सिनमा भाषण गर्दागर्दा भष्मे डनको भूमिका सम्झेर हा“सेछु। अनि त्यो सिन नै कट गर्नुप¥यो’ कुनै पनि फिल्ममा प्रयोग गरिसकेका सामान आफूस“ग नराख्ने विपिनले पशुपतिप्रसादमा लगाएको पुरानो फेसनको तर आकर्षक चस्मा भने आफूस”गै राखेको तथा पशुपति प्रसाद २ ः भष्मे डनमा समेत प्रयोग गरेको खुलाउ“दै भने ‘एउटा फिल्ममा काम गरिसकेपछि त्यसमा प्रयोग भएको प्रप्स, टिर्सट जुत्ताजस्ता कुनै पनि सामान म आफंै राख्न चाहन्न। किनभने मलाई ती सामानहरू देख्यो भने त्यही क्यारेक्टरमा गइन्छ कि जस्तो लाग्छ। तर, फिल्ममा प्रयोग भएको चस्माचाहि” मस“ग अझै छ। मेरो एक जना साथीको हजुरबुबाले आफू जवान हु“दा कतैबाट त्यो चस्मा ल्याउनुभएको रहेछ। मलाई त्यो चस्मा निकै मनपथ्र्यो र लगाइरहन्थे“। पछि फिल्ममा पनि त्यहि चस्मा लगाइयो। त्यो चस्मा अझै पनि मैले सुरक्षित राखेको छु। र यसमा पनि लगाएको छु।’

प्रायः भिन्न चरित्रमा काम गर्न रुचाउने अभिनेत्री स्वस्तिमा खड्काले यो फिल्ममा दुर्गा माताको अभिनय गरेर दर्शकमाझ कौतुहुलता जगाएकी छन्। ‘अलिकति फरक खालको भूमिका गर्दा रिस्क लिएको भन्ने चलन थियो। मैले पनि यो फिल्ममा सक्छु या सक्दिन” भनेर रिस्क नै लिएर काम गरेको थिए“। यस्ता खालका काम गर्दा गाह्रो त हुन्छ नै, तर काम गर्दा अलिकति गाह«ो भएन भने त्यो कामको के अर्थ? अझै पनि मैले धेरै गाह«ो काम गर्नुछ’ स्वस्तिमाले पहिलोपटक पशुपति क्षेत्रमा सुुटिङ गर्दाको अनुभव सेयर गर्दै भनिन् ‘पशुपतिको वातावरण र माहोलले मलाई अभिनेत्रीको रूपमा मात्र नभई एउटा व्यक्तिको रुपमा पनि आफ्नो चरित्रमा सजिलै प्रवेश गर्न मद्दत ग¥यो।’ फिल्ममा देखिएको चरित्र भन्दा पनि त्यसपछाडिको चरित्रले आफूलाई छोएको स्वस्तिमाले बताइन्। ‘बाहिर दुर्गा माता देखिए पनि त्यसपछाडिको पात्रमाथि मेरो अट्याचमेन्ट बढी छ, जुन पात्र फिल्म हेरेपछि मात्र थाहा पाउन सकिन्छ’ स्वस्तिमाले सुनाइन्।

फूलपातीको अवसर पारेर आगामी शुक्रबार रिलिजमा आउन लागेको फिल्म पशुपति प्रसादको चर्चित पात्र भष्मे डनमा केन्द्रित हुने यसका निर्देशक दीपेन्द्र के खनालले बताए। ‘यो सिक्वेल नभएर पशुपति प्रसादमा भष्मे डनलाई जहा“ छोडिएको थियो, त्यही”बाट शुरु हुने कथा हो। हामीले पशुपति प्रसादको लिगेसीलाई कायम राख्ने गरी फिल्म निर्माण गरेका छौ“, जसको लागि ३÷४ वटा स्क्रिप्ट हेरियो। दीपेन्द्रले आजसम्म आफूले काम गरेका फिल्ममध्ये उत्कृष्ट काम लागेको बताउनुभयो। म आपै“mलाई पनि तीन चोटीसम्म फिल्म हेर्दा अहिलेसम्म आफूले काम गरेका फिल्मभन्दा उत्कृष्ट लाग्यो’ निर्देशक खनालले भने ‘रिलिजअघि नै फिल्म राम्रो बुकिङ होइन, सोल्ड आउट नै भएको छ। यो हामीप्रति दर्शकले देखाउनुभएको विश्वास हो। त्यसैले, रिलिजअघि नै फिल्म सोल्ड आउट हु“दा हामी उत्साहित त छौ“ नै, तर यो उत्साहस“गै डर पनि मिसिएको छ।’

फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले अघिल्लो फिल्म पशुपति प्रसादमा सानो समूह भएकाले छायांकन गर्न सजिलो र यसपटक ठूलो समय भएकाले केही कठिन भएको अनुभव सुनाए। ‘त्यो बेला सानो टिम भएकाले हामीले फिल्म सुटिङ गरिरहेको कसैलाई अनुभव हु“दैनथ्यो। अहिलेचाहि“ फिल्मको सुटिङ हु“दैछ भन्ने चर्चाका कारण भिडभाड बढी नै थियो। पहिलो दिनको सुटिङबाट नै हामी थाकिसकेका थियौं। भिड व्यवस्थापन गर्नलाई पर्सनल सेक्युरिटी गार्डको व्यवस्थापन गर्नुपरेको थियो’ खगेन्द्रले फिल्म छायांकनको असर अन्य व्यक्ति र पशुपति क्षेत्रको वातावरणमा नपरोस् भनेर आफूहरू सजग रहेर फिल्म निर्माण गरेको जनाउ“दै भने ‘किचेन पहिलेको भन्दा पर गेटनिर राखेको हुनाले हामीले चाहेको भए सुटिङ अवधिभर जेसुकै पकाएर खान सक्थ्यौ“। तर, ५६ दिनसम्म हामीले अण्डासमेत खाएनौं। सुटिङस्थलमा दैनिक सफाइ पनि ग¥यौ“।’

फिल्ममा विपिन र स्वस्तिमास“गै रवीन्द्र सिंह बानिया“, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारले पनि अभिनय गरेका छन् भने खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्। टुकी आट्र्सको ब्यानरमा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्मित फिल्ममा कृष्ण भारद्वाजको संगीत, निरज क“डेलको छायाकंन निर्देशन, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। फिल्म नेपालमा डिसिएन, टी फक्स र रिच इन्टरटेनमेन्ट तथा भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।

<

p style=”text-align: justify”>

<

p style=”text-align: justify”>

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *