भारतकी राष्ट्रपति मुर्मूले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


काठमाडौं : भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्।
मुर्मूले बिहीबार उहाँको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपति पौडेलकोउपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। देश सञ्चार

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top