भारतको राष्ट्रिय अवार्ड रकेट्री: द नाम्बी इफेक्टलाई

भारतको राष्ट्रिय अवार्ड रकेट्री: द नाम्बी इफेक्टलाई

भारतको प्रतिष्ठितमध्येको एक राष्ट्रिय फिल्म अवार्डको ६९औं संस्करण हालै भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भव्य समारोहबीच सम्पन्न भएको छ।

समारोहमा आर माधवन निर्देशित रकेट्री स् द नाम्बी इफेक्टले सर्वोत्कृष्ट फिल्म, गोदावरीबाट निखिल महाजनले निर्देशक, पुष्पाबाट अल्लु अर्जुनले अभिनेता तथा मिमीबाट कृति सेनन र गंगुबाई काठियावाडीबाट आलिया भट्टले अभिनेत्रीको अवार्ड चुमिन्। भारतीय राष्ट्रपति द्रौपति मुर्मुले प्रदान गरेको अवार्ड समारोहमा आरआरआरले पपुलर फिल्म तथा होमले मलायलम, चेल्लो शोले गुजराती, कदाइसी भिवासायीले तामिल, उप्पेनाले तेलुगु र समान्तरले मैथिलि फिल्मको अवार्ड चुमे। त्यस्तै, मिमिबाट पंकज त्रिपाठीले सह अभिनेता र द कास्मीर फाइल्सबाट पल्लवी जोशीले सह अभिनेत्रीको अवार्ड चुमे भने सोही फिल्मले नरगिस दत्त अवार्ड जित्दा वाहिदा रेहमानलाई दादा साहेब फाल्के दीर्घ साधना सम्मान प्रदान गरिएको छ। समारोहमा उदार उद्यमबाट अभिख मुखोपाध्यायले छायांकार, आरआरआरबाट प्रेम रक्षितले कोरियोग्राफरको अवार्ड चुमे भने सञ्जय लीला भन्सालीको गंगुबाई काठियावाडीले सम्पादनको अवार्ड चुमेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *