भारतमा  साम्प्रदायिक हिंसा : इन्टरेन बन्द गरियो, कर्फ्यु जारी

भारतमा साम्प्रदायिक हिंसा : इन्टरेन बन्द गरियो, कर्फ्यु जारी

एजेन्सी  ।

भारतको नुहमा साम्प्रदायिक द्वन्द्वपछि बुधबारदेखि कर्फ्यु जारी गरिएको छ। बढ्दै गएको अराजकतालाई ध्यानमा राखी उक्त क्षेत्रमा धारा १४४ लागू गरिएको छ।

बुधबारदेखि उक्त क्षेत्रमा इन्टरनेट पनि काटिएको छ। हरियानाको नुहमा सोमबार दुई समुदायबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा थुप्रै घाइते भएकोमा ६ जनाको मृत्यु पनि भएको छ। एक समुदायले अर्को समुदायलाई आक्रमण गर्ने क्रम जारी छ।

हालसम्म ११६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै, हरियाणा सरकारले हिंसा प्रभावित जिल्लाहरूमा इन्टरनेट सेवा हाललाई अगस्ट ५ सम्म बन्द गर्ने निर्णय गरेको छ। उक्त सेवा अवरुद्धको मिति अझै लम्बिन सक्नेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *