भारतीय महिलालाई सम्मान

भारतीय महिलालाई सम्मान

एमी अवार्डको ५१औं संस्करण अमेरिकामा सम्पन्न भएको छ। न्युयोर्कस्थित न्युयोर्क हिल्टन मिडटाउनमा आयोजित समारोहमा टेलिभिजन दुनियाँका उत्कृष्ट कार्यक्रमलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।

यसपटक बलिउड निर्मात्री तथा निर्देशक एकता कपुरलाई कला र निर्देशनमा दिएको योगदानका लागि अन्तर्राष्ट्रिय एमी निर्देशन अवार्ड प्रदान गरिएको छ। एमीको इतिहासमा यो सम्मानबाट सम्मानित हुने एकता पहिलो भारतीय महिला हुन्। त्यस्तै, कमेडीयन वीर दासले आफ्नो कार्यक्रम वीर दास: ल्यान्डिङको लागि कमेडियनको अवार्ड प्राप्त गरे।

समारोहमा द इम्प्रेसले ड्रामा सिरिजको एमी अवार्ड जितेको छ भने द रिस्पान्डरबाट मार्टिन फ्रिम्यानले अभिनेता र ला कौडाबाट म्याक्सिकन अभिनेत्री कार्लासुजाले अभिनेत्रीको अवार्ड चुम्दा सोही सिरिजले टेलिभिजन मुभी मिनी सिरिजको पनि अवार्ड चुमेको छ।

फ्यामली सिक्रेटले टेलिनोभेला, मेरियोपोल: द पिपुल्स स्टोरीले डकुमेन्ट्री, हार्ट ब्रेकले लाइभ एक्सन, बिल्ट टु सर्भाइवले फ्याक्चुअल तथा मनोरञ्जन, डेस जेन्स बिएन आर्डिनेयर्सले शर्ट फर्म सिरिज, ए पोइन्ट– द ब्रिज ब्रासीले नन स्क्रिप्टेड इन्टरटेन्मेन्ट, हार्ले र कात्याले स्पोर्टस् डकुमेन्ट्री तथा बफी सेन्ट–म्यारी क्यारी इट अनले आर्ट प्रोगामिङ विधाको अवार्ड चुमेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *