भारत भ्रमणबारे प्रचण्डले खुलाए अर्को नयाँ रहस्य (न्यूज रफ्तार)

भारत भ्रमणबारे प्रचण्डले खुलाए अर्को नयाँ रहस्य (न्यूज रफ्तार)

काठमाडौं । भारतबाट पहिलो विदेश भ्रमण गर्न थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चीनले नै केहि समयपछि भ्रमण गर्ने आग्रह गरेपछि आफू भारत जान लागेको खुलासा गरेका छन् ।

राष्ट्रियसभा बैठकमा प्रचण्डले चिनियाँ राजदूतले नै आफूलाई नेपालको राजनीतिक स्थितिलाई ख्याल गर्दै भ्रमण अलि पछि गरौं भनेपछि आफूले धन्यवाद भनेको बताएका छन् ।

प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएपछि यसबारे विभिन्न कोणबाट बहस छलफल हुँदै आएको थियो ।

बोआओ फोरमको निम्ता आएपनि चिनियाँ राजदूतले नै नेपालको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं भन्दै भ्रमण अलि पछि गरौं कि क्या हो भनेको खुलासा गरेका हुन् ।

तेश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यहि जेठ १७ गते भारत भ्रमण गर्ने बताइएको छ । तर, सरकारले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन् ।

सरकारः केन्द्रमा पूर्णता, मधेसमा तनाव

पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले एघारौं पटकको विस्तारमा पूर्णता पाएको छ ।

जनता समाजवादी पार्टीका कारण सरकारले पूर्णता पाउन सकेको थिएन् । तर, जसपाले आफ्नो पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री पठाएसँगै सरकारले पूर्णता पाएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव आफैले सरकारको नेतृत्व गर्ने देखिएपनि आलोचनाका कारण उनले वन तथा वातावरण मन्त्रालयमा वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारीलाई पठाएसँगै सरकारले पूर्णता पाएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेपनि पद तथा गोपनियताको सपथ भने वुधबार मात्रै हुने बताइएको छ ।

यस्तै, मधेस प्रदेश सरकार संकटतर्फ उन्मुख भएको छ । माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ भने जनमतका मन्त्रीलाई समेत अपमानजनक व्यवहार गरिएको बताइएको छ ।

जसकारण मधेस सरकार संकटतर्फ गएको विश्लेषण हुन थालेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *