भिडियोमा आयो राजाको दरबार

अडियो गीतकै भरमा टिकटकमा अत्यधिक रुचाइएको गीत कस्तो होला भाटु राजाको दरबारको भिडियो सार्वजनिक भएलगत्तै सुपरहिट भएको छ।

केन्द्र मोसन पिक्चर युट्युब च्यानलबाट सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेको भिडियो ६ दिनमा करिब चार लाखले हेरेका छन्। २०७२ सालमा संविधान जारी हुनुअघि कैलालीको टीकापुरमा हिंसा भड्किदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि जेल जीवन बिताइरहेका तथा राष्टझपति रामचन्द्र पौडेलद्वारा हालै आममाफी पाई कारागरमुक्त रेशम चौधरीका साथ आभा मुकारुङले धेरै अघि गाएको गीतमा संगीत पनि रेशमकै छ। शब्द रचना भने रामचन्द्र बोगटीको रहेको छ।

थारु समुदायभित्रको रहन सहन र कला संस्कृति झल्काइएको गीतको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठलगायतले अभिनय गरेका छन्। सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफीको तथा श्याम लामाको छायाँकन रहेको भिडियोको निर्देशम सागर क्षेत्रीले गरेका छन्। भिडियो कुमार कार्कीले निर्माण गरेका हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top