भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार कार्यक्रमबाट निस्कने क्रममा नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले पछाडिबाट आक्रमण गरेका हुन् ।

खुकुरी प्रहार भएपछि यादवलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनीमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटा आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने गरेका छन् ।

सहमहामन्त्री यादवमाथि के कारणले आक्रमण भयो त्यो खुल्न बाँकी रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *