भेनिस फेस्टिभलमा हलिउड हडतालको असर

भेनिस फेस्टिभलमा हलिउड हडतालको असर

केही महिनायता हलिउडमा जारी हड्तालबीच विश्वकै पुरानो ८०औं भेनिस फिल्म फेस्टिभल बु्धबारबाट सुरु भएको छ।

विश्वका विभिन्न देशका सेलिब्रेटीको जमघट र फिल्मको प्रदर्शन हुने भेनिसमा यसपटक न्यून सेलिब्रेटीको सहभागिता रहेको एजेन्सीले जनाएको छ। हड्तालका कारण चर्चित स्टार र ठूला फिल्मले अवार्डमा सहभागिता नजनाएका कारण यसपटक भेनिसको रेड कार्पेटमा विगतको जस्तो तामझाम भएन। यसपटक अवार्ड समारोहमा विभिन्न देशका केवल ३३ फिल्म प्रदर्शन हुनेछ।

इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट शुरु भएको थियो। अवार्डमा मुख्य प्रतियोगितामा देखाइने फिल्मबाहेक १९ फिक्सन फिल्म र डकुमेन्ट्री, दुई टेलिभिजन सिरिज र एउटा सर्ट फिल्म प्रतियोगितामा भिड्नेछ।

पारिश्रमिक वृद्धि गर्नुपर्ने मागका साथ हलिउडका करिब एक लाख ५० हजार फिल्मकर्मी हड्तालमा छन्। जसको असर भेनिसमा परेको छ भने अन्य फिल्म अवार्डमा पनि पर्न सक्ने सम्भावना छ। नेपालबाट भने यस वर्ष भेनिसमा रेड सुटकेसको प्रिमियर हुनेछ। प्रिमियरमा सहभागी हुनका लागि फिल्मका कलाकारहरू विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ र निर्माता रामकृष्णलगायत सहभागी हुनेछन्। विश्वको सबैभन्दा पुरानो फिल्म फेस्टिभल मानिने भेनिसको स्थापना सन् १९३२ मा भएको हो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *