काठमाडौं । सरकारले कर प्रणालीतर्फ मूल्य अभिवृद्धी कर (भ्याट) मा दर्ता भई वार्षिक एक करोडको कारोबार गर्ने व्यवसायीलाई अब हरेक महिना नभई ४/४ महिनाभित्र विवरण पेश गर्न सक्ने व्यवस्था मिलाएको छ ।
सोमबार संसद्मा अर्थमन्त्री डा. प्रकाशशरण महतले वार्षिक एक करोडको कारोबार गर्ने करदाताले हाल हरेक कर र सोको विवरण पेश गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि ४/४ महिनामा विवरण पेश गर्ने व्यवस्था गरिएको बताएका हुन् ।
त्यस्तै, साना करदातालाई सुविधा दिने पनि उनले बताएका छन् ।



