भ्रममा नपर्न हिमालय आँखा अस्पतालको आग्रह

himalay eye hospital (1)

हिमालय आँखा अस्पताल

पोखरा । हिमालय आँखा अस्पतालले एक सेवाग्राहीले सामाजिक सन्जालमा प्रवाह गरेको भिडियोमा उल्लेखित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले मंगलबार विज्ञप्ति जारी गरी अनर्गल, तथ्यहीन अभिव्यक्ति दिएर भ्रम सिर्जना गर्ने कार्यप्रति सजग रहन सम्पूर्ण सेवाग्राहीलाई आग्रह गरेको छ ।

एक्कासि आँखा सुनिएपछि घारीपाटनस्थित आँखा अस्पतालको आकस्मिक कक्षमा पुगेकी ती युवतीले अस्पतालको सेवा प्रवाह राम्रो नभएको भनी अभिव्यक्ति दिएकी थिइन् । यसबारे अस्पताले गरेको तुरुन्त छानविनमा ती सेवाग्राही अस्पतालको आकस्मिक सेवा प्रदान हुने विभागमा साँझ ७ः५१ बजे उपचारका लागि ती सेवाग्राही आएको र उनलाई आकस्मिक सेवामा गरिने उपचार प्रक्रियाअन्तर्गत औषधी दिइएकोे अस्पतालले जनाएको छ । नाम दर्ताको प्रक्रिया गरी स्वास्थ्यकर्मीबाट जाँच गराई आवश्यक उपचार सेवा प्राप्त गरी साँझ ८ः३१ बजे सेवाग्राही फर्किएको अस्पतालले जनाएको छ ।

‘अस्पतालजस्तो संवेदनशील संस्थाको बारेमा सामाजिक सन्जालको चरम दुरुपयोग गरी भिडियो बनाई अनर्गल, तथ्यहीन र झुठ्ठा आरोप लगाइएको देखिन्छ । यस कार्यप्रति निज उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कानुनी उपचारको बाटो अबलम्वन गर्ने अधिकार अस्पताललाई रही आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल मुनाफारहित विशुद्घ आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित एक सामाजिक संस्था हो । यस अस्पतालले गण्डकी साथै कर्णाली प्रदेशका विकट जिल्लाहरुमा बिरामीहरुलाई वर्षौदेखि गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ,’ विज्ञप्तिमा छ, ‘यस भेगमा व्याप्त फैलिएको आँखा पाक्ने रोगका बिरामीहरुको चाप अत्यधिक बढी रहेको अवस्थामा पोखरा महानगरपालिकासँग सहकार्य गरी निशुल्क उपचार सेवा प्रवाह गरिएको थियो । बिरामीहरुलाई अत्यन्त सजकताका साथ उत्कृष्ट उपचार गरेकै कारण आमनागरिकप्रति हिमालय आँखा अस्पतालको लोकप्रियता बढीरहेकोमा हामी गौरव महसुुस गरेका छौं ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top