भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ : मन्त्री किराती

भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन् ।

ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए । आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उनले जनताको दबावमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि ती काण्डका नायकहरुलाई नै खोज्नुपर्ने बताएका हुन् ।

‘हामीले भ्रष्टाचारको विरुद्ध लाग्नै पर्दछ । हिजो हामी सुन्थ्यौं– ठूला माछाहरु छन् नेपालमा । यी ठूला माछाहरु समाउन सकिएका छैनन्,’ उनले भने, ‘भ्रष्टाचारको कुरा गर्यो भने खोल्साखाल्सीमा रमाउने गंगटो, भ्यागुता र चेपाहरु मात्रै पक्रन्छन् । ठूला माछाहरु उम्किन्छ भन्थे । जनताले घरघरबाट, मोवाइलहरुबाट गरेको दवावले आज डल्फिनहरु प्नि समाइएका छन । तर अझै हामीले खोज्नु छ । ती डल्फिनका बाबा, आमाहरु कहाँ होलान ? ती डल्फिनलाईं जन्माउने बाबा, आमाहरु कुन चाँही नदीको, कुन चाँही समद्रको क्रूमा बसेका होलान ? तिनका बोसहरु के गर्दै होलान ? तिनीहरुलाई पनि हामीले बत्ति बालेर खोज्नु छ ।’

मन्त्री किरातीले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए । भने, अब हामीले यो भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने, युद्ध छेडने, समृद्ध नेपालको निम्ति संकल्प गर्ने अनि मात्रै शहीदले देखाएको बाटोमा हाम्रा पाईलाहरु अगाडि सर्न सक्छ । अन्यथा शहीदको बलिदानबाट आएको यो व्यवस्थाको रक्षाका लागि यसका विरुद्धमा लडन सकेनौ भने शहीदमाथि अपमान हुनेछ ।’

त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *