मंसिरमा दुई कदम

मंसिरमा दुई कदम

निर्माता निर्देशक उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म दुई कदम आगामी मंसिर २९ गते रिलिजमा आउने भएको छ।

फिल्मको हालै पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको हो। फिल्मको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता अभिनेत्री इओन लिम्बू र सिमोना गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउ“दा डेब्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन्। तेस्रो पोस्टरमा इओन र गौरवका साथमा फिल्मका अन्य मुख्य कलाकारलाई स्थान दिइएको छ।

अजम्बरी फिल्म्स्को ब्यानरमा तारादेवी लिम्बूद्वारा निर्मित फिल्ममा गौरव, इओन र सिमोनाका साथ सुनील थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मालगायतका कलाकारका साथ फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले विशेष भूमिका निर्वाह गरेका छन्।

मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बा“की छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ। दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, डीपी खनालको गीत, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, विक्रम डिसीको छायांकन र प्रवीण ढकालको सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *