पोखरा । एनेस्थेसियोलोजी विषयमा काठमाडौं विश्वविद्यालयले मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखरालाई एक सिट एडल्ट क्रिटिकल केयरमा फेलोसिप दिएको छ । फेलोसिपको लागि मणिपालमा कार्यरत डा.राजन बस्नेतलाई एडल्ट क्रिटिकल केयर फेलोसिप प्रोग्राममा छनोट भए ।

उक्त फेलोसिप सुरुवात कार्यक्रममा लागि क्रिटिकल केयर फेलोसिप प्रोग्रामका चेयरमेन डा. सुवासप्रसाद आचार्य, भाइस चेयरमेन डा. सविन कोइराला, पोखरा स्वास्थ्य विज्ञान प्रनिष्ठानका पूर्व उपकुलपति डा.बुद्धिबहादुर थापा तथा मणिपाल कलेज अफ मेडिकल साइन्सेज र मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल लगायत विभिन्न विभागका विभागीय प्रमुखको उपस्थिति थियो ।
चेयरमेन डा. सुवासप्रसाद आचार्यले डा. राजन बस्नेतलाई लगबुक प्रदान गरी विधिवत्रुपमा एडल्ट क्रिटिकल केयरको सुरुवात गरिएको थियो ।