
सहमति अनुसार बिरामी दर्ता निशुल्क हुनेछ भने जलरल बेडमा २५ प्रतिशत, ल्याब लगायत परीक्षणमा १० देखि १५ प्रतिशतसम्म छुट हुनेछ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’ मा अस्पताल र कालिका गणबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल अडुविल र सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।