मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान

मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान

motherland vijaya (6)

विद्यार्थीलाई नगदसहित सम्मान गर्दै मदरल्याण्ड विद्यालय । तस्बिरः विजय नेपाल

पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालय, पोखराले राष्ट्रिय परीक्षा बोर्डमा टपरलाई नगद २ लाखसहित सम्मान गरेको छ ।

विद्यालयमा मंगलबार आयोजित विद्यार्थी सम्मान कार्यक्रममा उनीहरुसहित एमबिबिएस/बिडिएस, आइओईमा पनि नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको हो ।

गत वर्ष राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ परीक्षामा विज्ञान संकायतर्फ कृतिका थापा, जीवन अधिकारी र व्यवस्थापन संकायका राजेश पौडेल नेपाल टप भएका थिए । उनीहरु सबैले ल्याएको ३ दशमलब ९६ जिपिए नेपालमै उत्कृष्ट हो ।

सबैलाई ‘मदरल्याण्ड एक्सिलेन्स अवार्ड’ स्वरुप जनही २ लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको हो । तीमध्ये कृतिका र जीवनले एमबिबिएसको परीक्षामा पनि पूर्ण छात्रवृत्रिमा नाम निकाल्न सफल भएका छन् ।

त्यस्तै, कक्षा १२ मा ३ दशमलब ८८ जिपिए प्राप्त सक्षम लामिछानेले एसबिबिएसमा आठौंभित्र पर्न सफल भएकोमा उनलाई ५० हजारसहित सम्मान गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षामा ३ दशमलब ८ जिपिएभन्दा माथि ल्याउनेलाई पनि सम्मान गरिएको विद्यालयका अंग्रेजी विभाग प्रमुख वामनकुमार घिमिरेले बताए । जसमा एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा समेत नाम निकालेकी रजनी ढकाल, आइओईमा समेत सफल प्रवेश बास्तोला, प्रसिम पोख्रेल, विनायक बास्तोला, सुवास पौडेल छन् । त्यस्तै, सफल गुरुङ र सम्पदा थापा (सिम्याटमा सफल) सहित अनिल बास्तोला, क्रिस्टल रेश्मी, सजग तिवारी, कृतज्ञ श्रेष्ठ र मिलन रेग्मी समेत १६ जनालाई सम्मान गरिएको छ । आइओईमा सफल प्रदीप भण्डारी, शिव भण्डारी, अभियोजन लामिछाने, सजिस बास्तोला, अभिदीप बानिया, ऋतिका अधिकारी, आदर्श सुवेदी, आधुनिक ढुंगाना, स्नेहा अधिकारी, मिसन भुगाईं, सुजन तिमिल्सिनालाई सम्मान गरियो । उनीहरुसहित मदरल्याण्डका १४ जना विद्यार्थीले आइओईमा नाम निकालेका थिए ।

यसैगरी, बिबिए/बिआइएममा जिल्ला उत्कृष्ट हुने तथा भारतीय राजदूतावासअन्तर्गत विदेश मामिला मन्त्रालयको बिएस्सी (अनर्स) कृषितर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल दीप्सन गुरुङ पनि सम्मानित भए । विद्यालयको आन्तरिक परीक्षा, विभिन्न प्रतियोगितामा सफललाई सम्मान तथा केही विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको छ ।

समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, पोखरा ७ का अध्यक्ष वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश निर्देशक लक्ष्मण देवकोटा, उपनिर्देशक वसन्तराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकराज आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेल, विद्यालय निर्देशक त्रिभुवन शर्मा बराल, प्राचार्य नारायण बराल, प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्य लगायतले सम्मान तथा पुरस्कृत गरे ।

अघिल्लो वर्ष पनि मदरल्याण्डकै सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकी प्रदेश टप गरेका थिए । उनी अहिले हावर्ड विश्वविद्यालयमा छात्रवृत्तिमा पढिरहेका छन् । २०७९ सालको एसइईमा मदरल्याण्डले नै कास्की टप गरेको थियो । ५० जनाभन्दा बढी परीक्षार्थी सहभागी गराई प्राप्त औषत जिपिए नतिजा मूल्यांकन आधारमा विद्यालयले सर्वाधिक जिपिए ल्याएको थियो ।

विद्यार्थीको हौसलाका लागि विद्यालयले उत्कृष्टलाई नगदसहित सम्मान गर्दै आएको प्राचार्य नारायण बराल बताउँछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *