जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग सिके राउतको भेटवार्ता गठबन्धन हुने सम्भावना।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलका नेताहरूसँग छलफल थालेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रस्ताव राखेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका राउतले लोसपा र जसपा अध्यक्षहरूसँग सहकार्यको प्रस्ताव गरेका हुन् । नेताद्वय यादव र ठाकुरसँग छुट्टाछुट्टै भएको भेटघाटको तस्बिर राउतको सचिवालयले आइतबार सार्वजनिक गरेको छ।
आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्नेबारे ठाकुर र यादवसँग छलफल गरेको आइतबार राउतको सचिवालयले जानकारी दिएको हो । सामाजिक सञ्जालमार्फत ठाकुर र यादवसँग केही दिन पहिले राउतले भेट गरेर उक्त प्रस्ताव राखेको भनिएको छ ।