
जेठ २१ ।
प्रहरी चौकी ठकुरापुर र प्रहरी चौकी खडैचाका संयुक्त प्रहरी टोलीले बिजयनगर गाउँपालिका १ सेमरीचाफा भन्ने ठाउँमा राती करिब पौने १२ बजे को समयमा साल जातको २१ वटा गोलिया काठ सहित ना ८ ख २०५१ नम्बरको टिप्पर नियन्त्रणमा लिइ गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समिति उज्जलपुरलाई बुझाइएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले बताएका छन ।।