मन्त्री भन्छन्– ‘सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक छ’

मन्त्री भन्छन्– ‘सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हकहित संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी राजश्वमा समेत योगदान दिइरहेको बताए ।

‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि यस व्यवसयाको प्रवद्र्धनका लागि सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए । उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने र अति आवश्यक सुनको व्यवसायमा अतिरिक्त कर नलगाउन पनि उनले आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताए । उनले आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिएर गइरहेको भन्दै सरकारी खर्च झनै बढ्दै जाँदा राजश्व पनि क्रमशः घटिरहेको बताए । उहाँले बैंकिङ क्षेत्रमा रकम थुप्रिएको भए पनि लगानीको अवस्था नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले नेपालको बढ्दो घाटा कम गर्न सुनचाँदी व्यवसायको प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले नेपाली गरगहनाको अन्तर्राष्ट्रिय बजारमा माग बढिरहे पनि माग सम्बोधन गर्न नसकेको भन्दै विदेशको मागलाई पूर्ति गर्न सरकारको नीतिगत सहयोग आवश्यक रहेको बताइन् ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *