मन पराइयो जुलेबी

मन पराइयो जुलेबी

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्म जुलेबीको राजधानीमा विशेष शो आयोजना गरिएको छ।

फिल्म रिलीज भएकै दिन शुक्रबार साँझ विश्वज्योति सिनेमामा आयोजना गरिएको विशेष शोमा फिल्म हेर्ने फिल्मकर्मीले एक घण्टा ५२ मिनेटको फिल्मले मज्जा दिएको प्रतिक्रिया व्यक्त गरे। निर्देशक पाण्डेको फिल्ममा केहि फरक र भिन्न पाइने गरेको भन्दै फिल्मकर्मीले फिल्म र यसका कालकारको अभिनयको प्रशंशा गरे।

फिल्मकर्मीहरुले रत्नपार्कको वरिपरि घुमेको कथाले एक पटक सबैलाई सोच्न बाध्य बनाने बताए। सात फरक फरक पात्रको सम्बन्धको कथाले दर्शकलाई पनि पूर्ण मनोरञ्जन दिनेछ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा आभा शर्मा नेपालद्वारा निर्मिन तथा नवीन भद्म कार्यकारी निर्माता रहेको एन्थोलोजी जनरामा बनेको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतले अभिनय गरेका छन्। फिल्ममा जाटवेद बनर्जीको संगीत, विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *