महागरकाे रोजगार याेजना, एलओडीको सिल खुल्यो

महागरकाे रोजगार याेजना, एलओडीको सिल खुल्यो

काठमाडौं । काठमाडौं महागर पालिकाले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउनु श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरको भनाइ छ । चालु आर्थिक वर्ष २०८०÷८१ को योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरले जनाएको छ ।

स्टिल उद्योगमा अर्बौं अगानी थपियो

पछिल्लो समय स्टिल उद्योगमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म स्टिल उद्योगमा १ खर्ब ३० अर्ब ४२ करोड ४९ लाख रुपैयाँ लगानी रहेको छ । उक्त अवधिमा स्टिल प्लान्ट लगाउन बैंकहरूको ऋण लगानी ७ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । उद्योगीले गत आर्थिक वर्ष मात्रै स्टिल प्लान्ट लगाउन बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ५४ करोड १९ लाख रुपैयाँ थप ऋण लिएको राष्ट्र बैंकले जनाएको छ । स्टिल उत्पादनमा मुलुक आत्मनिर्भर हुँदै गएको छ । सरकारको नीतिअनुसार स्वदेशमै कच्चा वस्तु बिलेट उत्पादन गर्न मेल्टिङ प्लान्ट स्थापना गर्न उद्योगीले अर्बौं रुपैयाँ लगानी थप्ने क्रम जारी छ ।

एलओडीमा लगाएको सिल खुल्यो

राजस्व अनुसन्धान विभागले एलओडीमा लगाएको सिल खोलेको छ । विभागले गत साउन २७ गते कर छली गरेको आशंकामा काठमाडौँको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)को गोदाममा सिल लगाएको थियो । यस्तै, विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै एलओडीमाथि छानबिन सुरु गरिसेको छ । छानबिनका क्रममा एलओडीको गोदाममा भएका सामानको लगत लिएपछि उक्त सील खोलेको विभागले जनाएको छ । त्यसो त नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको भनाई छ ।

एनसेलको नम्बरबाट निःशुल्क हेलो सरकारमा कल गर्न सकिने

एनसेलको नम्बरबाट हेलो सरकारमा कल गर्दा शुल्क नलाग्ने भएको छ । हेलो सरकारले एक सूचना जारी गर्दै एनसेलको नम्बरबाट आम नगरिकले निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने जनाएको छ । यस्तै, यसअघि एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले उल्लेख गरेको छ । त्यसैगरी अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्ने भएका छन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिनेछ । सरकारले नागरिकको गुनासो सुन्न उक्त सेवालाई चौबिसै घण्टा सञ्चालन गर्दै आएको छ ।

लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम

नेपाल फ्रेट फरवार्डरस एशोसिएसन (नेफा) ले लागु औषध नियन्त्रणका लागि “सेमिनार अन दि अवार्नेश अफ इल्लिसिट ड्रग्स ट ट्रेकिङ्ग” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौँमा लागु औषध नियन्त्रण व्यूरोको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले आयात/निर्यातको क्रममा लागु औषधको जोखिम नियन्त्रण तथा कार्गाे कम्पनीहरुका कर्मचारीहरु एवं यस क्षत्रसंग प्रत्यक्ष सराकार राख्ने निकायहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी सूचना प्रवाहमा महत्वपुर्ण टेवा पुग्ने आयोजकको भनाई छ । संघका अध्यक्ष मनोज अधिकारीले निवार्ध रुपमा नेपाली वस्तू नियार्त गर्नका निमित्त अन्तरक्रिया कार्यक्रमले यस क्षेत्रलाई अवैध लागु औषधको खतराबारे जागरुक बनाउन सहयोग पुग्ने बताए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *