
कपिलवस्तुको महाराजगंज नगरपालिकाले १२ औ नगर सभा सुरु गरेको छ । केही दिन सम्म चल्ने सभाले भु– उपयोग नीति सहित बिभिन्न १७ वटा कार्यबिधि पास गर्नेछ । सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य नवराज लामिछानेले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए ।
यस क्षेत्रमा बिकास गति लिए पनि हुनु पर्ने जति विकास नभएका भन्दै कृषि क्षेत्रमा विशेष जोड दिनु पर्ने र कृषि क्रान्तिले मात्रै देशको विकास हुने बताए लामिछानेले बताए । अन्य क्षेत्र भन्दा बिशेषतः सिचाईमा लगानी गर्नू पर्ने तथा मुलुक अहिले आर्थिकरुपमा संकट तर्फ उन्मुख भएको बेला आयात प्रतिस्थाना गर्ने गरी उत्पादन बढाउनु पर्ने उनले बताए ।

सो अवसरमा नगरपालिकाका मेयर अब्दुल कलामले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जोड दिएको र नगरपालिकाको हरेक वडामा भएको विकासलाई साझा विकासकारुपमा लिनु पर्ने बताए । नगरपालिकाको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको र विकासमा सबैले हातेमालो गर्न आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृेत रबिन्द्र चौधरीले चालु आर्थिक बर्षको हाल सम्म भएको प्रगति प्रस्तुत गर्दै लिजामा ६८ अंक ल्याउदै प्रदेश मै दोस्रो भएको बताए । अहिले सम्म पुर्बाधारका ४७ मध्ये २५ वटा ठेक्कामा भएको र उपाभोक्ता समिति मार्फत ५ वटा सम्झौता ४ वटा उपभोक्ता समिति गठन र ११ वडामा ६३ वटा उपभोक्ता समिति गठन भएका छन । चालु आर्थिक बर्षको हाल सम्म ६ करोड २१ लाख ४२ हजार ३७८ रुपैया सामाजिक सुरक्षा भक्ता बितरण गरिएको र आन्तरिक राजस्व १९ लाख ९८ हजार ९३७ रुपैया उठेको छ । चालु आर्थिक बर्षको हाल सम्म ६ करोड २१ लाख ४२ हजार ३७८ रुपैया सामाजिक सुरक्षा भक्ता बितरण गरिएको र आन्तरिक राजस्व १९ लाख ९८ हजार ९३७ रुपैया उठेको छ । १ नम्बर वडाक अध्यक्ष प्रमोद कुमार चौधरी, वडा नम्बर ५ का अध्यक्ष छेदीप्रसाद कुर्मी, वडा नम्बर ९ का अध्यक्ष फरिद अहमद मुसलमान लगायत लगायतले नगरपालिकोको विकासमा सबैले साथ दिनु पर्नेमा जोड दिए ।
मेयर अब्दुल कलामको अध्यक्षता, र बृजेश कुमार यादवको संचालनमा भएको सभाको उदघाटन समारोहको सो अवसरमा गत मंसिरमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित नवराज लामिछानेलाई दोसल्ला र कदर पत्रले सम्मानित समेत गरिएको थियो ।
