महाराजगञ्जमा निःशुल्क आँखा शिविर : १,२५० जनाले सेवा, २०० को मोतियाबिन्दुको अपरेसन ।


कमलेशचन्द्र गुप्ता,  पुष २ ,
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा १ हजार २ सय ५० जनाले सेवा लिएका छन्। नगरपालिकाको आयोजनामा र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
नगर प्रमुख अब्दुल कलामका अनुसार शिविरमा महाराजगञ्जका साथै छिमेकी कृष्णनगर नगरपालिका र भारतका नागरिकहरूलाई समेत सेवा प्रदान गरिएको थियो। उनले शिविरमा २ सय जनाको मोतियाबिन्दुको निःशुल्क अपरेसन गरिएको जानकारी दिए।
शिविरको अनुगमन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले गर्नुभएको थियो। उनले बिरामीहरूलाई चस्मा समेत वितरण गरे। कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद चौधरी, समाजसेवी अफ्ताब आलम, सचितानन्द पाण्डे, वडा नम्बर ११ का वडा सदस्य अवधेश यादव तथा अस्पतालका प्राविधिकहरूको पनि उल्लेखनीय सहयोग रहेको थियो।
स्थानमै आँखा उपचारको सेवा पाएपछि स्थानीयवासीहरू खुसी भएका छन् र नगरपालिकाको यो पहलको प्रशंसा गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top