महेन्द्र यादव , ११ पुष
महाराजगन्ज नगरपालिकाले एक कार्यक्रम बीच वार्ड नम्बर १ का ६० जना किसानलाई निशुल्क स्प्रे ट्यांकी वितरण गरेको छ । वार्ड नम्बर १ का किसानलाई उत्पादन वृद्धि गर्न बिषादी तथा अन्य बाली उब्जनी बढाउन छर्नु पर्ने औषध पदार्थको यन्त्र उपलब्ध गराउने उद्देश्यले वडाका ती ६० जना किसानलाई निशुल्क गरिएको वडा अध्यक्ष प्रमोद कुमार चौधरीले बताएका छन । जीवन गुजारा गर्नका लागि खेती गर्ने कृषकलाई बिस्तारै आधुनिक यन्त्रको ब्यवस्थापन गरि ब्यावसयिक कृषि तर्फ लैजानुपर्ने अवस्था रहेकोले साना सिचाइ तथा यन्त्रको सहयोगले यहाँका कृषि प्रणाली ब्यवसायिक भएपछि मात्र समृद्ध गाउँ सुखी किसान हुने अध्यक्ष चौधरीले बताउनुभयो ।