महाराजगन्जको वडा ७ का किसानलाई ब्यवसायिक तालीम


महेन्द्र यादव, ७ पुष ।
महाराजगन्ज नगरपालिका वडा नम्बर ७ मा किसानहरूलाई च्याउ उत्पादन सम्बन्धि तालीम र बिउ बितरण गरिएको भने पशु पालक किसानलाई पशुपालन ब्यवसाय लाई ब्यवासायिक बनाउन पशुको गोठ ब्यवस्थापन , सन्तुलित पशु आहार , रोग तथा जीवाणुबाट बचाउने उपाय , नश्ल सुधार , दुध उत्पादनमा वृद्धि गर्ने उपाय लगायतका बिषयमा प्रशिक्षण गरिएको बताइएको छ । वडा ७ को आयोजना तथा कृषि शाखा र पशु सेवा शाखाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको उक्त कार्यक्रममा सहभागीलाई च्याउको बिउ तथा पशुपालक किसानलाई जुकाको औषधि र जीवाणुबाट बचाउने औषधि बितरण गरिएको वडा अध्यक्ष रामरुप बढईले बताउनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top