महिलाको कथामा जुलेबी

महिलाको कथामा जुलेबी

यौन मनोविज्ञानमा केन्द्रित फिल्म जुलेबी आगामी भदौ १ गते रिलिजमा आउने भएको छ।

फिल्मको कौतुहलतापूर्ण ट्रेलर हालै सार्वजनिक गरिएको छ। दुई मिनेट लामो टझेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल छ। फिल्मका पात्रलाई रत्नपार्कले जोड्छ, फिल्मको कथा सात जना पात्रको सम्बन्धको वरिपरि घुमेको छु फिल्मबारे खुलाउँदै यसका लेखक तथा निर्देशक गणेशदेव पाण्डेले भने। जुलेबी आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा भएको पनि उनले प्रष्ट पारे।

चार महिला पात्रको कथा वरिपरी घुम्ने फिल्म महिलाले नै निर्माण गरेकी हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै फिल्मले बोल्ने निर्मात्री आभा शर्मा नेपालको भनाइ छ। नवीन भद्म कार्यकारी निर्माता रहेको एन्थोलोजी जनरामा बनेको फिल्म फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतले अभिनय गरेको फिल्ममा जाटवेद बनर्जीको संगीत, विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ। डीसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डीएआर मुभिजले खरिद गरेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *