महिला टी-२० सिरिजको फाइनलमा आज नेपाल र हङकङ खेल्दै

महिला टी-२० सिरिजको फाइनलमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्। समूह चरणको अन्तिम खेलमा हारका बाबजुद पनि फाइनल पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित हात पारेको थियो।

हिजो (शुक्रबार) भएको लिगको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपालले ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । मलेसियाले ८५ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेटको नोक्सानीमा पूरा गर्‍यो । शृंखलाको लिग चरणमा नेपाल, हङकङ र मलेसियाले समान ४–४ अंक बनाए पनि रनरेटको आधारमा नेपाल र हङकङ फाइनल पुगेका हुन्। मलेसिया भने फाइनल पुग्नबाट बञ्चित भयो ।

आजै हुने अर्को खेलमा तेस्रो स्थानको लागि मलेसिया र कुवेतले खेल्ने छन्। जारी शृंखलामा कुवेतले सबै खेलमा हार ब्यहोरेको छ। नेपाल आजको खेलमा जित हात पार्दै प्रतियोगिताको विजेता बन्न चाहन्छ। यसअघि मलेसियामै भएको पाँच खेलको टी–ट्वान्टी शृंखलामा मलेसियालाई ३–२ ले पछि पार्दै नेपालले पहिलो पटक सिरिज जितेको थियो।

यो शृंखला भने आउँदो भदौ १४ गतेदेखि मलेसियामै सुरु हुने आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि आयोजना गरिएको हो। एसिया क्षेत्र छनोटमा मलेसियासँगै नेपाल समूह ‘ए’ मा छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *