महेन्द्र आ. विद्यालयका नानीबाबुहरूले पाए जन्म दिनको न्यानो उपहार, सावित्री मोक्तानको योगदान

महेन्द्र आ. विद्यालयका नानीबाबुहरूले पाए जन्म दिनको न्यानो उपहार, सावित्री मोक्तानको योगदान

पुष १८, कपिलवस्तु
धरान–९ निवासी सावित्री मोक्तानले आफ्ना नाति प्रतिक तामाङको १२औं जन्मोत्सवको अवसरमा कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा रहेको श्री महेन्द्र आधारभूत विद्यालयका बालविकास तथा कक्षा २ का नानीबाबुहरूलाई स्विटर प्रदान गर्नुभएको छ। विद्यालय परिवारले यो न्यानो उपहारप्रति उहाँलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।
यस अवसरमा विद्यालयले बाबु प्रतिक तामाङलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको निरोगी र सुखमय जीवनको कामना गरेको छ। विद्यालय परिवारले ‘माया दूरीले छेक्दैन’ भन्ने भावना प्रकट गर्दै मोक्तान परिवारको योगदानप्रति आभार प्रकट गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *