माउन्टेन गाइड शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

माउन्टेन गाइड शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक

काठमाडौँ।

माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ नामक पुस्तक सार्वजनिक भएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमकाबीच पूर्व उपाप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । ‘स्टेप बाई स्टेप’ नामक पुस्तक लेखक मार्क पावेलले लेखेका हुन् । लेखक पावेलले माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे किताब लेखेर दुनियाँको सामुन्ने प्ररिचित गराउन प्रयास गरेकोमा धन्यबाद दिए। पोखरेलले भने, ‘लेखक पावेलले मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे किताब लेखेर दुनियाँको सामुन्ने प्ररिचित गराउन प्रयास गरेकोमा धन्यबाद दिन चाहान्छु ।’

एउटा शेर्पा सामुदायबाट अगाडि आएको युवा कसरी ‘स्टेप बाई स्टेप’ गर्दै अगाडि बढ्छ भन्ने कुरा पुस्तकमा समेटिएको बताए ।

त्यस्तै, माउन्टेन गाइड पेम्बाले आफ्नोबारे लेखिएको किताब ‘स्टेप बाई स्टेप’ सार्वजनिक गर्न पाउँदा निकै खुःसी महशुस भएको बताए । हिमालमा हरेक पाइला महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘हिमालमा जब आरोहीले हार मान्न खोजिरहेको हुन्छ, त्यो बेला हामीले उनीहरुलाई अब पुग्न लाग्यो केही कदममात्र हो भन्दै लानेछौं ।’

कार्यक्रममा काठमाडौंस्थित न्युजिल्यान्डका कन्सुलेट लिसा चोग्याल, यति एयरलान्सका अध्यक्ष लाक्पा सोनाम शेर्पा, संघीय संसद मनवीर राई, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा, खुम्बु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *