पोखरा । माउन्ट अन्नपूर्ण मावि नदीपुरमा विभिन्न क्लब गठन गरिएको छ । विद्यार्थीको नेतृत्व क्षमता तथा विविध पक्षहरुको विकासका निम्ति व्यवस्थापन तथा होटल व्यवस्थापन विषयअन्तर्गत कक्षा ११ र १२ पढ्ने विद्यार्थीबीच क्लब गठन गरिएको हो । जसमा गेम्स एन्ड स्पोर्टस् क्लब कक्षा १२ का छात्र संगम हितानको नेतृत्वमा गठन गरिएको छ ।
यस्तै, कक्षा १२ का सोयव अलीको नेतृत्वमा सोसल सर्भिस क्लब तथा कक्षा १२ का दीपेश आलेको नेतृत्वमा म्यूजिक, आर्ट एन्ड लिटेरचर क्लब गठन गरिएको छ ।
क्लब अध्यक्षमा प्रतिस्पर्धी उम्मेदवारले आफूलाई विजय गराउन औपचारिक कार्यक्रमबीच सबैसँग भोट अपिल गरेका थिए ।
विद्यालयका संस्थापक प्राचार्य सइन्द्रराज श्रेष्ठ तथा एकेडेमिक डाइरेक्टर अशोककुमार शाहीले क्लव गठन तथा निर्वाचन प्रक्रियले विद्यार्थीलाई उत्साहजनक सहभागिताका लागि आग्रहसमेत गरेका थिए । निर्वाचित पदाधिकारीलाई विद्यालयका पूर्व अध्यक्ष चिजकाजी गुरुङ, एड्मिनिस्टे«टर चित्रबहादुर गुरुङले सम्मान गरेका थिए ।