पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय अन्नपूर्ण गाउँपालिकाकै नमुना विद्यालय रहेको चर्चा गरिएको छ । शुक्रबार विद्यालयको ५१ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवं पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा चर्चा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले माछापुच्छ्रे गाउँपालिकाकै नमुनायोग्य विद्यालय रहेको बताए । उनले अरु विद्यालयले कतिपय व्यवस्थापकीय कुरा माछापुच्छे«बाट सिक्नुपर्ने औंल्याए । उनले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन पहल गर्नुपर्ने उल्लेख गर्दै आफूहरु निर्वाचित भएर आएपछि शैक्षिक गुणस्तर बृद्धि गर्न निरन्तर प्रयास गरिरहेको जनाए ।
माछापुच्छ्रे शिक्षा क्याम्पस अध्यक्ष पुण्यप्रसाद पौडेलले विद्यालयको वृद्धि विकासमा सरोकारवाला सबैलाई एक हुन आग्रह गर्दै जन्मभूमिलाई माया गर्न आमढिकुरपोखरीवासीसमक्ष आह्वान गरे ।
विद्यालय पूर्व अध्यक्ष कुलबहादुर गुरुङ कुलुले अभिभावकको घरदैलोमा विद्यालय पुग्नुपर्ने जनाउँदै अन्नपूर्ण गाउँपालिका र विद्यालयलाई नमुना बनाउन सबैले भूमिका खेल्नुपर्ने स्पस्ट पारे ।
कार्यक्रममा वडाध्यक्ष पिताम्बर भण्डारी, माछापुच्छे« शिक्षा क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, स्मारिका प्रकाशन समिति संयोजक यादवराज अधिकारी, सहप्राध्यापक लालबहादुर कुँवर, पूर्व विद्यार्थी कपिलमणि दाहाल, पूर्व विद्यार्थी मञ्च अध्यक्ष विष्णु अधिकारी, मर्निङस्टार माविका संस्थापक लीलाधर अधिकारी, दुर्गाभवानी आदर्श आधारभूत विद्यालयमा अध्यक्ष खगराज अधिकारी, सिर्जना माविका प्रअ फणिन्द्रराज सुवेदी, राजनीतिक दलतर्फबाट कांगेसका लोकराज भण्डारी, एमालेका विवेक देवकोटा, माओवादीका इन्द्र भण्डारी तथा राप्रपाका हरिराम भण्डारी लगायतले माछापुच्छ्रे मावि त्यस क्षेत्रकै ऐतिहासिक नमुना विद्यालय रहेको जनाए ।
विद्यालय अध्यक्ष मनपति भण्डारीले सबैको साथ सहयोगबाट आफूले ६ कार्यकाल विद्यालय व्यवस्थापनको नेतृत्व गरेको बताए । उनले अब पनि सबै मिली विद्यालयलाई शैक्षिक केन्द्र बनाउन लग्नुपर्ने बताए ।
प्रअ घनश्याम पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाल सरकारको नीतिअनुसार विद्यालयलाई नमुना बनाउन होमिएको औंल्याए ।
त्यस अवसरमा विद्यालयको नवनिर्मित स्वर्ण महोत्सव स्तम्भ अनावरण गर्नुका साथै स्वर्ण महोत्सव स्मारिका–२०७९ विमोचन पनि भयो । त्यस्तै स्वर्ण महोत्सवका विभिन्न उपसमिति संयोजक लगायत वर्ष शिक्षकबाट कृष्ण अधिकारी, वर्ष अभिभावकबाट खरिका भारती तथा वर्ष विद्यार्थीबाट मोनिका देवकोटा सम्मानित भए ।
विद्यालय अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद अधिकारीले स्वागत तथा शिक्षक शालिकग्राम अधिकारीले कार्यक्रम सञ्चालन गरे ।