मायमी लिग्स कपको फाइनलमा

मायमी लिग्स कपको फाइनलमा

वाशिंटन, एजेन्सी । अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलअन्तरले पराजित गर्दै मायमीले उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो। यससँगै मायमीले अन्तरमहादेशीय प्रतियोगिता कन्काकाफ च्याम्पियन्स कपमा पनि स्थान बनाएको छ । मायमीका लागि जोसेफ मार्टिनेज, कप्तान लियोनेल मेस्सी, जोर्डी अल्बा र डेविड ओचोआले १–१ गोल गरेका थिए । आलेहान्द्रो बेडोयाले घरेलु टोलीका लागि गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै जोसेफ मार्टिनेजले मायमीलाई अघि बढाए । २०औं मिनेटमा कप्तान मेसीले लामो दुरीबाट गोल गर्दै खेलमा अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम मिनेटमा अल्बाले गोल थप्दै ३–० बनाए । दोस्रो हाफको मध्यतिर फिलाडेल्फियाका बेडेयाले गोल फर्काए । तर, ६ मिनेट बाँकी रहँदा ओचोआको गोलसँगै मायमीले ४–१ को जित पक्का ग¥यो । अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल आगामी शनिबार हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *