मायादेवी ३ फुलिकामा १३२ कृषकलाई इलेक्ट्रिक स्प्रेटंकी वितरण

मायादेवी ३ फुलिकामा १३२ कृषकलाई इलेक्ट्रिक स्प्रेटंकी वितरण

शत्रुघन खरविन्द, फागुन ५, कपिलवस्तु

मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले १३२ जना कृषकलाई इलेक्ट्रिक स्प्रेटंकी वितरण गरेको छ। कृषि कार्यमा विषादी छर्न सजिलो र छिटो होस् भन्ने उद्देश्यले वडाले ८० प्रतिशत तथा कृषकले २० प्रतिशत लगानीमा स्प्रेटंकी वितरण गरेको हो।

पशु प्रविधिक युवराज घिमिरेका अनुसार एक स्प्रेटंकीबाट पाँच जना कृषक लाभान्वित हुनेछन्। समाजसेवी राजेन्द्र यादवले विषादी छर्नका लागि स्प्रेटंकी उपयोगी हुने बताउँदै वडाले कृषि क्षेत्रका लागि सिचाइका तटबन्ध निर्माणजस्ता योजनाहरू अघि बढाएकोमा धन्यवाद दिए।

स्प्रेटंकी पाएपछि कृषक नरेन्द्र प्रसाद कुर्मीले विषादी छर्न सजिलो हुने भएकाले खुसी व्यक्त गरे। वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले कृषकहरूको उत्पादन वृद्धिका लागि स्प्रेटंकी वितरण गरिएको उल्लेख गर्दै, कृषि क्षेत्रमा सिचाइका लागि विभिन्न तटबन्ध निर्माण तथा मलखाद र बिउबिजन वितरणलाई प्राथमिकता दिइएको जानकारी दिए।

कार्यक्रम वडा अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य इन्दु कुमारी थारु, शिवकुमारी रैदास, रामबृक्ष यादव, वडा सचिव नन्दलाल कोहार, समाजसेवी राजेन्द्र यादव, रिऋराम रैदास, सलाहुद्दीन मुसलमान, चांदमान मुसलमान, शैलेन्द्र कुर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पशु प्रविधिक युवराज घिमिरेले गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *