मार्सल आर्ट रिङ खोज्दै मन्त्रालय

मार्सल आर्ट रिङ खोज्दै मन्त्रालय

पोखरा ।

तत्कालीन युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीले मार्सलआर्ट रिङ खोज्न शुरु गरेका छन्। करिब १५ लाख बराबरको रिङको सामानमा अनियमितता भएको खबर बाहिरिएपछि मन्त्रालयले रिङको सामानको खोजी शुरु गरेका हुन्।

तत्कालीन मन्त्रालयका स्टोर किपरको रूपमा रहेका जिवन शर्माले बताए—‘फलामका सामानहरू त छन् त्यसपछि केही सामान परिषद्मा राखेका छन अरे। फलेकहरू के–के सामान परिषद्मा राखिएको छ भनेका छन्। मैले ठेकेदारलाई समेत फलोअप गरे ठेकेदारले ती सामान जोड्ने बेलामा पूरा गर्छु भनेका छन्’ उनले भने, ‘के रहेछ म बुझ्दै छु। केही सामान त्यहाँ छन्, फर्मलगायत पोलहरू परिषद्मा छन। ब्याकसिटका सामानलगायत चाहिँ ठेकेदारले कहाँ राखेका छन्। खोज्दै छु ।’

हाल उनी सामाजिक विकास मन्त्रालयमा रहेका छन्। मन्त्रालयले सामानको स्टेमेट अनुसार नै बिल भरपाई गरेको देखिएको थियो। यस विषयमा ठेकेदार कम्पनीसँग पटक–पटक फोन सम्पर्क गर्दा उनको फोन उठीरहेको छैन्।

प्रदेश खेलकुद परिषद् र ठेकेदार सँगै सामान रहेको शर्माको भनाइ छ। प्रदेश खेलकुद परिषद्ले पुस ९ गते पोखरामा राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपको आयोजना गरेको थियो। उक्त प्रतियोगिताका दौरान सोही मार्सलआर्ट रिङ ल्याइएको थियो।

प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले आफुले उक्त मार्सलआर्ट रिङ ल्याउँदा धेरै कुरा नभेटेको जानकारी दिए। ‘मैले खेलकुद मन्त्रालयको मार्सलआर्ट रिङ छ भनेर मागे। परिषद्को प्रतियोगिता थियो म संयोजक थिए। तर, यहाँ पूरै सामान नभएपछि मैले बक्सिङ संघको रिङको सामान ल्याएर भएपनि प्रतियोगिता सम्पन्न गराउन लागे’ उनले भने, ‘तपाईँले भनेझैं यहाँ मैले सामान देखिनँ । सायद काम पूरा नभएकाले पनि होला तर जुन रिङ बन्नुपर्ने थियो त्यो बनेन ।’

उनका अनुसार मार्सलआर्ट रिङमा रिङको बेसबाहेक सबै सामान जुगाड गरिएको थियो । उता कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले पोखरा रंगशालाभित्र रहेको बक्सिङ रिङको सामान झिकेर लगेको स्पष्ट पारे।

‘हामीलाई बक्सिङको रिङको सामान चाहियो भनेर खबर आएपछि दिएका हौं । रिङको डोरी, म्याटलगायतका सामान लगेको हो’ उनले भने, ‘अझ मैले ट रिङ नै लगेहुन्छ समेत भनेकु हुँ तर यो फिक्स रिङ भएकाले माथिका (रिङको बेसबाहेक) सबै सामान लगेर जस्ताको तस्तै ल्याएको छ।’

उता प्रदेश खेलकुद परिषदका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक क्षेत्रीले आफुले रुजु नगरी ल्याउनु गलत भएपनि त्यसरी ल्यानुको कारण रहेको बताए । उनले सामान पूरा नभएपछि आफुले त्यसै ल्याएको स्विकार गरे।

ठेकेदार रामराज अधिकारीसँग रिङ माग्दा पूरै सामान नपाएपछि उनले उठाएका हुन्। सरकारी रुजु बिनै ल्याउने गल्ती उनले गरे । तर त्यहि सामान ल्याउँदासमेत मन्त्रालय बेखर हुनुले पनि रिङको सामान अपुग भएको पुष्टि भएको देखिन्छ।

अपूरो सामान हुँदा हुँदै समेत ठेकेदारको बोलिको भरमा सामान विना बिल भुक्तान गरेको देखिन्छ। ‘ठेकेदारसँग मैले रिङ मागेको हुँ। रामराजले सामान पूरा नदिएपछि अरुलाई साेधिन। पूरै पाउँछु भन्ने आशा थियो पाइन्।’ उक्त प्रतियोगितापश्चात् रिङका सामान पोखरा ६ बैदाममा अलपत्र थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *