मिसेस नेपाल वल्र्डमा मिसेस वल्र्ड पाहुना

मिसेस नेपाल वल्र्डमा मिसेस वल्र्ड पाहुना

रिबन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गर्ने मिसेस नेपाल वल्र्ड २०२३ मा भारतकी मिसेस वल्र्ड २०२२ सरगम कौशल सहभागी हुने भएकी छन्।

आगामी कार्तिक पहिलो साता राजधानीमा हुने विवाहित सुन्दरीहरूको प्रतियोगितामा मिसेस वल्र्ड कौशल सहभागी हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। उनका अनुसार मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने सो प्रतियोगिताका कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी बताए। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगिताका लागि भोलि शनिबार नया“ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन गरिने आयोजकले जनाएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *