मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले गरिन् राष्ट्रिय पोशाक प्रदर्शन

मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले गरिन् राष्ट्रिय पोशाक प्रदर्शन

काठमाडौं ।

एशियन पेन्ट्स मिस युनिभर्स नेपाल विजेता जेन दीपिका ग्यारेटले एल साल्भाडोरमा हुने ७२ औं संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी हुँदा लगाउने राष्ट्रिय पोशाक प्रदर्शन गरेकी छन्।

काठमाडौंस्थित दुसित प्रिन्सेसमा पत्रकार सम्मेलन गर्दै उनले आगामी नोभेम्बर १८ तारिखमा आयोजना हुन गइरहेको ७२ औं संस्करणको मिस युनिभर्समा लगाउने पोशाकहरू लगाएर प्रदर्शन गरेकी हुन्। काव्याको विजय महर्जन र उमा नेम्कुलद्धारा डिजाईन गरिएको र द प्याथ टु पिस थिमको आकर्षक राष्ट्रिय पोशाक पनि प्रर्दशन गरिएको छ। जसले नेपाल शान्तिको सन्देशको प्रतीक रहेको दर्शाउँछ।

द प्याथ टु पिस भनेको शान्तिको मार्गदर्शन हो।द्वन्द्वले भरिएको संसारले प्रायःशान्तिको प्रतीक ढुकुरलाई पिंजरामा थुन्छ। मिस युनिभर्स नेपालले दिपिकाको सो पहिरनबारे जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। मिसाइल प्रहारले विश्व विध्वंशतर्फ उन्मुख भइरहँदा पनि शान्तिको सन्देश प्रवाह गर्ने थिममा राष्ट्रिय पोशाक तयार पारिएको उल्लेख गरेको जानकारी दिईएको छ। कार्यक्रममा दीपिकाले प्रर्दशन गरेको लुकमा उनले हातमा पिंजडा समातेकी छन् भने युद्धले क्षतिग्रस्त खण्डहरमाथि उभिएर शान्तिको पुकार गरिरहेकी देखिएकी छन्।उनको टाउकोमा बम प्रहारको मुस्लोलाई सांकेतिक रुपमा दर्शाइएको छ ।

हामीले यो बलियो अवधारणालाई कलात्मक पहिरनमार्फत नेपाल शान्तिप्रेमी देश हो भन्ने सन्देश दिन चाहन्छौं।नेपालले लामो समयदेखि शान्तिपूणर् सहअस्तित्व, सांस्कृतिक विविधता र अहिंसाप्रति प्रतिबद्धता जनाइरहेको छ।नेपाल तटस्थ र सहिष्णु मुलुक समेत भएकाले हाम्रो उद्देश्य भनेको हाम्रो शक्तिशाली अवधारणालाई कलात्मक पोशाकमा अनुवाद गर्दै शान्तिको गहिरो सन्देश दिनु हो। अत्र्नराष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई शान्तिप्रिय राष्ट्रको रूपमा पहिचान गाँसिएको भावना प्रदान गर्नु हो।

दिपिकाले प्रतिस्पर्धामा सहभागी हुँदा प्रयोग गर्ने वेशभूषामा सावधानीपूर्वक रंगहरू समायोजन गरिएको छ।जुन शान्ति अधिवक्ताहरूको रुपमा प्रस्तुत गरिएको छ।शान्तिप्रति गहिरो प्रतिबद्धता बोकेको राष्ट्रको रूपमा चिनिने नेपालले पुस्तासम्म यो विरासतलाई जोगाउँदै आएको छ।

नेपालको विरासतलाई पहिरनद्धारा अब बाँकी संसारसंग बाँड्न उत्सुक रहेको मिस युनिभर्सका न्याशनल डिरेक्टर नग्मा श्रेष्ठले जानकारी दिइन।यो कार्यक्रममा दिपिकाले प्रतिस्पर्धामा सहभागी हुँदा लगाउने अन्य विभिन्न आकर्षक लुक्सहरू प्रदर्शन गरेकी छन्।मिस युनिभर्समा जेन दिपिकाले कासा स्टाइलकीरमिला नेम्कुलले तयार पारेको इन्टभ्र्यू लुक विथ बेल्ट पहिरन लगाउने छिन् भने यनयस जेनीले डिजाईन गरेको अफ-शोल्डर ग्रिन ककटेल ड्रेस सिवांगी प्रधानले डिजाईन गरेको भेलभेट गाउन, मार्शलद्धारा डिजाईन गरिएको पीकक गाउन समेत लगाउने छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *