मेरिशा सातौं मिसेस आइकन

मेरिशा सातौं मिसेस आइकन

एएनपी मिडियाद्वारा राजधानीको जमलस्थित राष्टिझय नाचघरमा सम्पन्न सातौ संस्करणको मिसेस नेपाल आइकन २०२३ को उपाधि काठमाडौंको क्षेत्रपाटी, धोबिचौरकी मेरिशा सुवाल मालाकारले चुमेकी छिन्।

महिला सशक्तीकरणलाई कसरी वर्णन गर्नुहुन्छ भन्ने प्रश्नको सटिक जवाफ दिँदै मेरिशाले शीर्ष उपाधि चुमेकी हुन्। उनले प्रमुख उपाधिसँगै मस्ट पपुलर, बेस्ट डान्स र मस्ट पङ्चुअल अवार्डसमेत जितेकी छन्। उनले पुरस्कारस्वरुप ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्।

सुमी बानियाँको कोरियोग्राफी तथा रोजिन शाक्यको कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा गायिका सत्यकला राई, नृत्यकार सीता सुवेदी र मोडल तथा सञ्चारकर्मी अरुणा सुवेदी निर्णायक रहेका थिए। शम्भुप्रसाद रेग्मीको संयोजन र लबिशकुमार कार्कीको मेनेजमेन्टमा सम्पन्न प्रतियोगितामा पारु पौडेल फस्ट रनर्सअपका साथमा बेस्ट पर्सनालिटी तथा निर्मला मण्डल कपर सेकेन्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन अवार्ड विजेता भए।

त्यस्तै, रुपा जंगम राणा पब्लिक च्वाइस, मस्ट डिजर्भिङ र मेनेजमेन्ट च्वाइस, स्वस्तिका कुँवर मिसेस क्याटवाक र मिसेस ब्युटिफुल, गीताश्री थापा मिसेस ट्यालेन्ट र मल्टी मिडिया च्वाइस, सुस्मिता सिटौला मस्ट फोटोजेनिक र बेस्ट आर्टवर्क, ज्योति पौडेल बेस्ट स्पिच, मुना भूर्तेल मस्ट फ्रेन्ड्ली र मस्ट चार्मिङ, अम्बिका रघुवंशी मस्ट क्रियटिभ र सुनिता वाइबा तामाध्र मस्ट डेडिकेटेड अवार्ड विजेता भए।

विवाहित महिलामा अन्तर्निहित प्रतिभा उजागर गर्ने तथा सौन्दर्य क्षेत्रमा पदार्पण गर्ने हेतुले हरेक वर्ष मिसेस नेपाल आइकनको आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीले बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *