मोडलिङसँगै फिल्मबाट एलिशाको आश

मोडलिङसँगै फिल्मबाट एलिशाको आश

साढे दुई वर्षअघिबाट मात्र विज्ञापनमा मोडलिङ गर्दै आइरहेकी एलिशा क्षेत्रीले छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेकी छिन्।

मोडलिङपछि उनले फिल्ममा पाइला चालेकी छिन्। बिहीबारबाट अल नेपाल रिलिजमा आएको फिल्म परस्त्रीमार्फत ठूलो पर्दामा डेब्यु पाएकी हुन्। अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको फिल्ममा सह अभिनेत्रीको भूमिका निर्वाह गरेकी एलिशा फिल्ममा आपूmले निर्वाह गरेको भूमिका दर्शकले रुचाउनेमा ढुक्क छिन्। एक्स्ट्रा म्यारिटल अफेयरका कारण आउने विभिन्न कन्सिक्वेन्सेजमा आधारित फिल्ममा मेरो भूमिका शर्ट एन्ड स्विट छ। मेरो इनोसेन्ट खालको क्यारेक्टर छ, जसलाई अडियन्सहरुले नोटिस गर्नुहुनेछ भन्ने लाग्छ, उनी भन्छिन्।

विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ब्रान्डका उत्पादनका विज्ञापनमा अभिनय तथा रनवेमा मोडलिङ गर्दै आएकी एलिशाले पहिलो फिल्म अभिनयको अनुभव सेयर गर्दै भनिन् मैले कुनै पनि एक्टिङ क्लास लिएको छैन। फिल्मको लागि रिहर्सल गरेर काम गरेको हुँ। मेरो को एक्टर तथा टिम राम्रो भएको कारण काम गर्दा सजिलो र रमाईलो भयो। उनी थप्छिन् बुधबार भएको प्रिमियरमा पाएको पोजेटिभ कमेन्टबाट उत्साहित छु ।

एलिसाले सानैदेखि फिल्म क्षेत्र आफ्नो रुचिको क्षेत्र भएकाले आगामी दिनमा पनि अभिनयमै रहने बताईन्। ञभर्खरै फिल्म क्षेत्रमा पाइला राखेकी छु। खास गरि मलाई एक्सन तथा थ्रिलर जनरामा काम गर्ने इच्छा छ। राम्रो र आफूलाई चित्त बुझ्ने खालको क्यारेक्टर छानेर फिल्म क्षेत्रमै रहने सोच छ। परिवारको साथ त छँदैछ, दर्शकको पनि माया पाउनेछु भन्ने आशा छ। आगामी दिनमा अझै राम्रा काम गर्दै जानेछु ।

थ्रिलर जनरामा निर्मित परस्त्रीमा उनीसँगै कोशिस क्षेत्री, शिल्पा मास्के गौरव विष्ट अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्। शर्मिला पाण्डे र निर्देशक दीपेन्द्र के खनालले संयुक्तरुपमा निर्माण गरेको फिल्म खनालले नै लेखेका हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *